• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

३ अर्ब खर्चेर नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति हुँदै

  • खबरदाता

३ अर्ब खर्चेर नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति हुँदै

बैशाख ६, २०७९

 

सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ । सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम÷एस जियाङसु–सगुन ९संयुक्त० छनोट भएको हो । यस सडकखण्डको कुल लम्बाइ १२.२६ किलोमिटर छ ।

 

त्यसैगरी, नौबिसे–मलेखुखण्ड विस्तारका लागि शर्मा–लामा–जेडआईसीजी (संयुक्त) छनोट भएको नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए । यस खण्डको कुल लम्बाइ ४३.५४२ किलोमिटर छ । मुलुकको करिब ६५ जिल्लाका मानिसको काठमाडौँ आवतजावत गर्ने मूल मार्ग यही नै हो । दैनिक करिब १८ देखि २० हजार सवारीसाधन आवातजावत गर्छन् । सडक विस्तारका लागि यसअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) तयार भई स्वीकृत भइसकेको छ । आयोजनाका प्रमुख कार्कीका अनुसार नागढुङ्गा–नौबिसे खण्डक एक अर्ब ३१ करोड ८४ लाख र नौबिसे–मलेखुखण्डको एक अर्ब ३३ करोड १९ लाख रूपियाँमा विस्तार हुन लागेको हो । छनोट भएका निर्माण कम्पनीले तीन वर्षमा सडक विस्तारको काम सम्पन्न गर्नुपर्नेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

  • प्रकाशित मिति : वैशाख ६, २०७९, मंगलवार ०६:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८