• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पेट्रोलको मुल्य घटेर आयो, निगम अझै घाटामा

  • खबरदाता

पेट्रोलको मुल्य घटेर आयो, निगम अझै घाटामा

बैशाख ५,२०७९

पेट्रोलको मुल्य घटेर आएक छ।

भारतीय आयल कर्पोरेसन (आइओसीले) बैशाख ३ मा पठाएको नयाँ मुल्यमा सुची अनुसार पेट्रोल घटेको र डिजेल तथा हवाई इन्धनको मुल्य बढेको जनाएको छ।

निगमद्वारा जारी विज्ञप्तिका अनुसार आइओसीले पेट्रोल लिटरमा ४.७९ रूपैयाँ घटाएर पठाएको छ। त्यस्तै डिजेलमा २.०२ रूपैयाँ र हवाई इन्धनमा ०.३८ रूपैयाँ बढेर आएको छ।

नयाँ मूल्यसूची अनुसार नेपालमा इन्धनको मूल्य कहिलेबाट हेरफेर हुन्छ भन्ने कुरा निगमले जानकारी गराएको छैन ।

यसका बाबजुद निगमलाई आगामी १५ दिनमा करिब तीन अर्ब ७४ करोड रूपैयाँ घाटा हुने देखिएको निगमको भनाइ छ।
निगमका अनुसार नेपाललाई पेट्रोलमा प्रतिलिटर १८.१६ रूपैयाँ र डिजेलमा ३०.०५ रूपैयाँ घाटा हुने देखिएको छ।

  • प्रकाशित मिति : वैशाख ५, २०७९, सोमवार २१:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८