• असोज १५, २०७९, शनिवार Saturday, 01 October, 2022
centreal college

भरतपुरका न्यौपानेको शव पाँच दिनपछि नारायणीमा भेटियो

  • खबरदाता

भरतपुरका न्यौपानेको शव पाँच दिनपछि नारायणीमा भेटियो

बैशाख ५,२०७९

चितवन – पाँच दिन अधि नारायणी नुहाउने क्रममा तनहुँको देबघाट संगमबाट बेपत्ता भएका साकार न्यौपानेको शव फेला परेको छ।

वडा प्रहरी कार्यालय नारायणगढको बिपद ब्यबस्थापन टोलीले भरतपुर १८ को गाँजीपुर स्थित नारायणी नदिमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपि नरहरी अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार भरतपुर २१ का बर्ष २० को न्यौपानेको शव नारायणी नदिमाकिनारमा तैरिरहेको अबस्थामा सोमबार दिउँसो साढे ४ बजेको समयमा प्रहरीले फेला पारेको हो।

अहिले घटनास्थलमा शवको मुचुल्का सहितको प्रक्रिया पुरागरी पोस्टमार्टमको लाग भरतपुर अस्पताल पठाइको प्रहरी जनाएको छ।

बैशाख १ गते आफन्तहरुसंग तनहुँको देबघाट स्थित संगममा स्नान गर्न गएका न्यौपाने नारायणीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

  • प्रकाशित मिति : वैशाख ५, २०७९, सोमवार २१:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८