• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पर्सामा एक्लाएक्लै भिड्न काङ्ग्रेस र जसपाको बिज्ञप्ति

  • खबरदाता

पर्सामा एक्लाएक्लै भिड्न काङ्ग्रेस र जसपाको बिज्ञप्ति

 

बैशाख ४,२०७९

 

वीरगन्ज । पर्सा जिल्लामा गठबन्धन नहुनेमा भएको छ।

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी ९जसपा० बीच भएको सहमति अनुसार पर्साका कुनै पनि पालिकामा गठबन्धन नहुनेमा भएको हो।

उनीहरुले आज बैठक बसेर बिज्ञप्ति निकाल्दै पर्साका कुनै पनि पालिकामा कांग्रेस र जसपाबीच गठबन्धन नगरी प्रतिस्पर्धा गरेर नै निर्वाचनमा जाने जनाएका हुन।

अलग–अलग प्रतिष्पर्धा गर्ने काँग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा अध्यक्ष रामनरेश यादवबीच शनिबार लिखित निर्णय भएपछि भने अब पर्सामा एमाले, काँग्रेस र जसपाका बीच त्रिपक्षीय कडा प्रतिष्पर्धा हुने संकेत देखिएको छ । त्यसमा पनि मधेश प्रदेशको एक मात्र महानगर वीरगन्जको लडाई निकै रोमाञ्चक हुने छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति क्षेत्रीले भने, ‘हामी आफै काफी छौं एक्लै लड्न, अनि अरुसँग गठबन्धन किन गर्ने रु बरु मित्रवत प्रतिष्पर्धा गर्ने हो,’ उनले भने ।

पर्साका १४ पालिकामध्ये १४ वटामा नै काँग्रेसको नेतृत्व जनताले चाहेको र नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताको भावना र जनताको चाहना अनुसार गठबन्धन नगरी अगाडी बढ्ने निर्णय गरिएको उनले बताए ।

  • प्रकाशित मिति : वैशाख ४, २०७९, आइतवार २०:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८