बैशाख ४,२०७९
चितवन – नेकपा (माओवादी)ले भरतपुर महानगर आफुले पाउनु पर्ने माग गरेको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आइतबार बालुवाटारमा बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकमा माओवादीले भरतपुर महानगर आफ्नो भागमा दिन माग गरेको हो।
बैठकमा छ महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगर लिएर भरतपुर आफ्नो पार्टीलाइ दिन उसले प्रस्ताव गरेको हो।
पोखरा महानगर नेकपा एकीकृत समाजवादीले पाउनुपर्ने माग गरेको छ। यस्तै वीरगञ्ज महानगरमा जसपाले दाबी गरेको छ।
कांग्रेसले सबै महानगरमा मेयर आफुले पाउनु पर्ने दाबी गरिरहँदा गठबन्धनका अन्य दलले सो प्रस्ताव रहेका हुन।
आजको बैठकमा ११ उपमहानगरपालिका कसले कसरी लिने भन्नेबारे पनि छलफल भएको थियो। तर आज कुनै निर्णयमा सत्तागठबन्धन पुग्न सकेन ।
सत्तागठबन्धनका शीर्ष नेताहरू सहभागी आज बिहानको बैठकले सोमबारसम्म महानगर र उपमहानगरमा भागबन्डा गरिसक्ने सहमति गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८