• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बिधान बिपरित महङ्गो शुल्क असुल्दै पोखरा महानगर कांग्रेस

  • खबरदाता

बिधान बिपरित महङ्गो शुल्क असुल्दै पोखरा महानगर कांग्रेस

बैशाख ४,२०७९

प्रत्येक चुनाव पहिलेको भन्दा खर्चिलो र भड्किलो हुँदै जान थालेका छन।

यसरी निर्वाचन प्रणाली खर्चिलो हुँदै जादा स्थानीय तहकै चुनावमा पनि ठूलो धनराशि खर्च हुन थालेको छ।

आउँदा स्थानिय निर्वाचनमा पोखरा महानगरमा उमेदवार उठ्ने आकांक्षा राख्दानै ठूलै शुल्क तिनुपर्ने भएको छ । नेपाली कांग्रेसले पोखरामा मेयररउपमेयरको आकांक्षा राख्नमात्रै पनि २५ हजार रुपैयाँ शुल्क तोकेको छ।

काङ्ग्रेसले महानगर सिमितिले पोखराको मेयररउपमेयरका आकांक्षीलाई शनिबारदेखि आइतबार ४ बजेसम्मक निवेदन दिन आह्वान गरेको छ । मेयरका आकांक्षीले २५ हजार र उपमेयरको आकांक्षीले २० हजार रुपैयाँ तिरेरमात्र उम्मेदवारी दर्ता गर्नुपर्ने नियम राखिएको छ ।

 

नेपाली कांग्रेस केन्द्रीय कमिटीले २८ चैतमा परिपत्र गर्दै स्थानीय तहको निर्वाचनमा उम्मेदवारबाट कुनै पनि शुल्क नउठाउन निर्देशन दिएको छ । उम्मेदवार सिफारिस गर्दा विधानविपरीत कुनै पनि प्रकारको रकम माग नगर्न केन्द्रको निर्देशन छ । तर, पोखरामा मेयररउपमेयरको आकांक्षीबाट रकम उठाइएको छ । ‘पार्टीले तोकेपछि तिर्नै पर्‍यो । मेयर बन्छु भन्नेले त्यति तिर्न पनि नसक्ने भन्ने कुरा आउँछ फेरि,’ मेयरका लागि निवेदन दिएका वीरेन्द्रनारायण बिजुक्छेले भने ।

कांग्रेस महानगर समितिले भने धेरै आकांक्षी नहुन् भनेर सुरुमै पार्टीको सहयोगका लागि पैसा उठाउन लागिएको सभापति सुरेन्द्र बिजुक्छेले बताए । ‘यो शुल्कभन्दा पनि पार्टीका लागि सहयोग हो । आकांक्षी धेरै नहोउन् भनेर यसो गरिएको हो,’ सभापति बिजुक्छेले भने । केन्द्रले कुनै शुल्क नउठाउन परिपत्र गर्दागर्दै पनि बढी पैसा उठाएर आकांक्षा राख्दादेखि नै उम्मेदवारले खर्च गर्नुपर्ने परिपाटीको विकास गराइएको मेयरका एक आकांक्षीले बताए ।

आइतबार ४ बजेसम्म मेयररउपमेयरका लागि निवेदन लिने र सोमबारसम्म आन्तरिक निर्वाचन गराएर भए पनि ३ जनाको नाम केन्द्रमा सिफारिस गर्ने महानगर समिति सचिव गणेशबहादुर थापाले बताए । ‘मेयररउपमेयरमा २ पुरुष र १ महिलाको नाम सिफारिस गर्ने हो,’ सचिव थापाले भने, ‘सर्वसम्मतिको प्रयास गर्छौं, नसके आन्तरिक चुनावबाटै भए पनि ३ जनाको नाम सिफारिस गर्ने छौं।’

नेपाली कांग्रेसले अघिल्लो स्थानीय तहको निर्वाचनमा धेरै आकांक्षी हुँदा सबैको नाम केन्द्रमा सिफारिस गरेको थियो । ३३ जना मेयर र १५ जना उपमेयरको आकांक्षी थिए । ती सबैको नाम केन्द्रमा पठाएपछि मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङले टिकट पाएका थिए ।

चैत अन्तिममा काठमाडौं पुगेका कास्कीका नेताहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले ‘साझा उम्मेदवार छान्न सक्छौं रु’ भनेर प्रश्न गरेका थिए । कास्कीका नेताहरुले बरु साझा उम्मेदवार पठाउने तर कांग्रेसले नै टिकट पाउनुपर्ने बताएका थिए । तर, आन्तरिक चुनाव गराएर साझा उम्मेदवार पठाउन गाह्रो पर्ने मेयरकै एक आकांक्षीले बताए ।

  • प्रकाशित मिति : वैशाख ४, २०७९, आइतवार ११:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८