बैशाख ३,२०७९
चितवन – स्थानीय निर्वाचनले देशकै माहोल तातीरहेको बेला भरतपुर महानगर सबैको प्रमुख चासोको बिषय बनेको छ।
काङ्ग्रेसले सुरु देखिनै भरतपुरमा मेयर पाउनु पर्ने दाबी गर्दै आइरहेको छ। तर यहाँ माओवादीले मेयर आफ्नो हुनु पर्ने दाबीलाइ बलियो बनाउदै लगेको देखिन्छ ।
सनिवार काङ्ग्रेस पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा पनि प्रमुख रुपमा भरतपुरको बिषयलेनै चर्चा पायो। बैठकमा काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले चितवनको भरतपुर महानगरमा कांग्रेसबाटै उम्मेदवार उठाउनुपर्ने बताएका ।उनले अघिल्लो पटक ०७४ मा कांग्रेसले माओवादी केन्द्रकी नेता रेनु दाहाललाई समर्थन गरेकोले पनि यसपटक काङ्ग्रेसले उमेदवार पाउनु पर्ने दाबी गरे। यसपटकको निर्वाचनमा भरतपुरमा माओवादीले मेयर नछाड्ने हो भने एक्लाएक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए ।
वैशाख ३० मा हुने स्थानीय चुनावमा सत्तागठबन्धनले तालमेल गर्ने भने पनि छ वटा महानगरमा कहाँ कसको उम्मेदवार रहने अहिले सम्म टुंगो लागेको छैन ।
शर्माले स्थानीय तहमा गठबन्धनभन्दा पनि तालमेलको निर्णय पार्टीले गरेको बताए।
काङ्ग्रेसका युवा नेताहरु भरतपुरमा आफ्नो पार्टीको मेयर बन्नुपर्ने बताइरहे पनि पार्टी सभापति शेरबहादुर देउवा भने भरतपुर माओवादीलाइ दिएर भएपनि गठबन्धनलाइ जोगाइरख्ने पक्षमा देखिएका छन। देउवा र माओवादी अध्यक्ष प्रचण्डको भरतपुरको मेयर बारे भित्री सहमति भइसकेको काङ्ग्रेसका केहि नेताहरूले बताउँदै आएका छन।
आजनै भरतपुरमा काङ्ग्रेसले मेयर नपाउने भएको बिरोधमा काङ्ग्रेसका ५० बढी कार्यकर्ताले काङ्ग्रेसबाट सामुहिक राजिनामा दिएर स्वोतन्त्र बस्ने निर्णय गरेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८