बैशाख ३,२०७८
चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले गठबन्धनमा विवाद र खटपट आउनु सामान्य भएको बताएका छन।
सनिवार चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले भने, `पार्टी भित्र त विवाद हुन्छ, बहस हुन्छ तर लास्टमा टुंगिन्छ , गठबन्धनमा पनि विवाद र खटपट हुनु सामान्य हो। त्यो पनि अन्त्यमा आरामसंग टुंगिन्छ ।´
महानगर र उपमहानगरमा कहाँबाट कसले मेयर पाउने भन्ने भन्ने कुराको सनिवार साँझसम्म सिफारिस हुने र आइतबार सम्म टुंगो लाग्ने उनले बताए।
प्रचण्डले नवलपरासीको दलदलेमा हुने पार्टी प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८