बैशाख ३,२०७८
गठबन्धन भित्र ब्यापक असन्तुष्टि देखा पर्न थालेको छ।खास गरि गठबन्धन भित्रका पाँच दल मध्ये तालमेल बिरुद्ध काङ्ग्रेस भित्र असन्तुष्टि देखिएको छ।
केन्द्रले गरेको निर्णय बिरुद्ध स्थानीय तहमा काङ्ग्रेसका जिल्ला , नगर र पालिका स्तरका कमिटीनै बिरोध गर्न थालेका छन। अहिलेको परिस्थितिमा काङ्ग्रेसले कसैसंग पनि तालमेल गर्न नहुने तल्लो तहका आम कार्यकर्ताको बुझाइ छ।
बाम घटकहरु आफै छिन्नबिन्न बनेको अबस्थामा काङ्ग्रेसलाई गठबन्धन गर्नु जरुरी नभएको स्थानिय कार्यकर्ता तथा नेताहरु भनिरहेका छन। तर केन्द्र भने सत्ता बचाउक्क लोभलालचमा पार्टी भित्र जबर्जस्त गठबन्धन र तालमेलको लादिरहेको छ।
चितवनमै पनि आम कार्यकर्ता गठबन्धनको बिरोधमै छन।अझ भरतपुर महानगरमा त काङ्ग्रेस आफुले कुनै पनि हालतमा मेयर नछाड्ने अडामै छ। त्यसो त जिल्ला तहका नेता र जिल्लामा रहेका केन्द्रिय नेताको टोलीनै काठमाडौ गएर काङ्ग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुलाइ भेटेर आएको थियो। महानगरका सबै २९ वटै वडा सभापतिहरुले गठबन्धनकै बिरोधमा लबिङ गरिरहेका छन। उनीहरुले त गठबन्धनका विरुद्ध सबै वडामा स्वतन्त्र उम्मेद्बारी दिने भनेर लिखित निर्णयनै गरिसकेका छन।यर यसका बाबजुद पनि केन्द्रले आधिकारिक निर्णय नगरे पनि भरतपुर माओवादीलाइ दुने प्रायः निश्चितिनै भएको छ।
भरतपुर मात्र हैन पोखरा महानगरमा पनि काङ्ग्रेसले आफु एक्लै चुनाबमा जानु पर्ने या मेयरमा आफ्नो दाबी रहने बताउँदै देउवालाइ भेट्न टोलीनै काठमाडौं गएको थियो।तर दबाब खेप्न नसक्ने भएपछि देउवाले उक्त टोलीलाइ भेट गर्ने समयनै दिएनन।टोली रित्तै फर्कियो।
अन्य जिल्ला भित्रका नगर र पालिकाहरुबाट पनि गठबन्धन नगर्ने निर्णयहरुका समाचारहरु बाहिर आइरहेका छन।
सबै तिर तालमेल र गठबन्धनको माहोल बिग्रन थालेपछि
काँग्रेसले सत्ता गठबन्धनका विरुद्धमा नजान मातहतका कमिटीलाई निर्देशन दिन थालेको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले गठबन्धनका विरुद्धमा नबोल्न र नजान माहततका कार्यकर्तालाइ चेतावनी शैलीमा निर्देशन दिएको छ ।
बैठकमा पार्टी उपसभापति तथा समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनका बाध्यता बुझिदिन कार्यकर्तालाई आग्रहको शैलीमा निर्देशन दिए । उनले भने, ‘अहिले गठबन्धन हाम्रो रहर होइन । बाध्यता हो । केपी ओलीले संविधान उल्लंघन गरी प्रतिगमन झल्किँदै सरकार सञ्चालन गरेपछि बाध्य भएर काँग्रेसले सरकार सम्हालेको हो । संविधान जोगाउन गठबन्धन बनेकाले गठबन्धन जोगाउन हाम्रो बाध्यता छ ।’
यस्तै गठबन्धनको सरकार सञ्चालन गरिरहेका बेला निर्वाचन हुन लागेकाले सोही दल मिलेर निर्वाचन लड्ने कुरा सजिलो हुने निष्कर्ष कार्यकर्तालाइ सुनाएको छ।
आजका दिनसम्म गठबन्धनका बिरुद्ध बोलेपनि अब चुनावी तालमेल र गठबन्धनका विरुद्धमा नबोल्न उनले कडा निर्देशन दिए ।
काँग्रेसले स्थानीय तह निर्वाचनका लागि सबै प्रदेश, पालिकामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ । केन्द्रबाट खटाइएका प्रतिनिधिले सम्बन्धित ठाउँमा गठबन्धनभित्र परेका समस्या समाधान गर्न उपसभापति खड्काले निर्देशन दिए ।
तर काङ्ग्रेसका कार्यकर्ताले अघिल्लो पटक गरेको गठबन्धन पछिको धोका बिर्सिएका छैनन्। यसरी प्रत्येक चुनावमा अर्को पार्टीलाइ मत हाल्नु पर्ने भएपछि काङ्ग्रेस समातेर बसेको कुनै औचित्य नरहेको बताउँदै आएका छन कार्यकर्ता ।माथिल्लो तहबाट जति पेलान भएपनि कार्यकर्ताले आफ्नो विवेक प्रयोग गर्ने अबस्था सृजना भएको देखिन्छ । त्यसैले यसपटको गठबन्धनबाट सोचेजस्तो परिणाम नआउन पनि सक्छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८