बैशाख २,२०७९
चितवन – राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले भरतपुरमा राप्रपा हामीलाई जिताइदिन भन्दै गुहार माग्न नआएको बताएका छन।
पार्टीलाई नभएर देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको उनले बताए । भरतपुरमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले विभिन्न बहानामा देशको मुटु कलेजो हस्तान्तरण गर्ने चलखेल भएकाले जनताले खबरदारी गर्नुपर्ने बताए । ३२ बर्षमा देशमा भएका उद्योग र कलकारखाना गणतन्त्रबादिहरुले कौडीको भाउमा बेचेर भ्रष्टाचार गरेको उनको आरोप थियो।
एमसिसिको नाममा बिदेशीलाइ नेपालका सबै ठुला हाइड्रोपावरमा लगानि गराउने र हाइटेन्सन लाइन मार्फत विद्युत बिदेश लैजाने रणनीति बन्दै गएको उनको आरोप थियो।
यसपालिको स्थानीय निर्वाचनमा पार्टीलाइ नभएर जनतालाइ जिताउन उनले आग्रह गरे।
यो साल राष्ट्रवादीहरुको जित होस्, रोजगारी सृजना गर्दै स्वदेश फर्किने वातावरण बनोस्, उनले भने , ‘फलानो पार्टी भनेर नलाग्नुस्, देश बचाउन लागौं ।’
भ्रष्टाचार रहित देश बनाउन यसपटक जनताले राप्रपालाई रोज्ने उनले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८