• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

६० हजार अपरधिलाइ जेल कोच्ने योजना छ : ज्ञानेन्द्र शाही

  • खबरदाता

६० हजार अपरधिलाइ जेल कोच्ने योजना छ : ज्ञानेन्द्र शाही

 

बैशाख २,२०७८

राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा भ्रस्टाचार गरेका ६० हजारलाइ जेल कोचिने बताएका छन।

देशका अपराधी र देशद्रोहीहरुलाई लखेट्ने समेत उनले चेतावनी दिएका छन । राप्रपाको आमसभालाई भरतपुरमा सम्बोधन गर्दै उनले अपराधी र देशद्रोहीलाई देशबाटै लखेट्ने चेतावनी दिए । नेतृत्वले गल्ती गर्दा खबरदारी गर्नुपर्नेमा उनले जोड दिए।

पार्टीहरुको मिलेमतोमा एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित भएको उनको भनाइ थियो ।
अबको स्थानिय निर्वाचनमा पहिलेको जस्तो मतपत्र च्यातेर फेरी जित्ने सपना नदेख्न उनले चेतावनी दिए।यस पटक पनि मतपत्र च्याते उनीहरुलाईनै मतपत्र निल्न बाध्य पारिने उनले बताए ।

जबर्जस्त लादिएको प्रदेश संरचना खारेज गरिनु गरिनु पर्ने उनको भनाइ थियो। ूसंघियतामा प्रदेश चाहिदैन, ऋण मागि मागि सेतो हात्ती पाल्दैनौूँ, उनले भने , ूशिक्षा, स्वास्थ निस्शुल्क र गुणस्तर बनाउन लागौँ ।ूउनले राज बाघ भएको भन्दै नेताहरूलाई स्याल भन्दै व्यङ्ग्य गरे । उनले भ्रष्टाचारीहरुलाइ जेल हाल्ने चेतावनी दिए । उनले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै राप्रपाले पालिकाहरुमा उम्मेदवारी दर्ता गराउने बताए । उनले जनतालाई झुक्याउनेहरुलाई यसपालि जमानतनै जफत गराउनुपर्नेमा जोड दिए ।

  • प्रकाशित मिति : वैशाख २, २०७९, शुक्रवार १५:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८