बैशाख २,२०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहलाइ नमुना पालिका बनाउने बताएका छन।
भरतपुर शुक्रबार हुने पार्टीको आमसभालाइ सम्बोधन गर्न चितवन आएका लिङ्देनले पत्रकारहरुसंग बोल्दै पहिले जितेका स्थान पनि नमुनाकै रुपमा रहेको बताएका छन।
ती पालिकाबाट अझ धेरै कुरा सिकेर अब जितहासिल गर्ने पालिकामा अझै बढी काम गरिने उनले बताए ।
उनले राजनीतिलाई सर्वोत्तम सेवा मान्नेहरुको नेतृत्व राप्रपाले गरेको दावी गरे ।
राजनीतिलाई पेशा, व्यवसाय, ओढ्ने ओछ्याउने बनाउनेहरु विरुद्ध राप्रपा सशक्त बन्दै गएको उनको भनाइ थियो । उनले यसपालि स्थानीय तहको चुनावमा विगत भन्दा धेरै ठाउँमा जित हासिल गर्ने बताए । उनले चुनावी तालमेलबारे कुनै निर्णय भैनसकेको बताएका छन। ‘हामीलाई कसैले महत्त्वपूर्ण पदहरुमा सघाए हामी पनि सघाउन तयार छौूँ, उनले भने , ‘आन्तरिक स्थानीय रुपमै समझदारी हुन सक्छ, तर अहिले कुनै निर्णय भैसकेको छैन ‘ अध्यक्ष लिङदेनले राप्रपाले जितेका पालिकाहरुमा १२ कक्षासम्म पूर्ण निस्शुल्क शिक्षाको व्यवस्था गरिने बताए। १२ सम्मनै कम्प्युटर शिक्षा, बालकक्षा सुधार, बाल शिक्षकहरुको कम्तिमा १५ हजार तलबको व्यवस्था गरिने उनको भनाइ थियो ।
उनले स्वरोजगारका लागि विना धितो ऋण व्यवस्था गर्ने, आधारभुत स्वास्थ निस्शुल्क गर्ने, उपचारको अभावमा कोहिले ज्यान गुमाउन नपर्ने गरि पालिकाहरुको नेतृत्व गर्ने बताए । राप्रपाले जितेका पालिकाहरुमा स्थानीय कर ५० प्रतिशत घटाउने र जेष्ठ नागरिकहरुले पाउदै आएका सेवा सुविधा थप गरि घरदैलोमै सेवा पुर्याइने दिने ब्यबस्था गरिने उनले बताए ।
उनले आफ्नो पार्टीले जितेका तहमा भ्रष्टाचार शून्य बनाइने समेत दाबी गरे । ‘सिंहदरबारको भ्रष्टाचार पनि तल्लो तहसम्म आयोू, उनले भने , ‘भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्छ ।’ उनले अहिलेकै हाराहारीको बजेटबाट पालिकाहरुको विकास सम्भव रहेको बताएका छन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८