• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुर महानगरमा १० दिनमै बल्यो हाइमास्ट लाइट

  • खबरदाता

भरतपुर महानगरमा १० दिनमै बल्यो हाइमास्ट लाइट

बैशाख १,२०७९

चितवन – भरतपुर महानगरपालिका भित्र हाइमास्ट लाइट जडान कार्य सुरु भएको छ। बैशाख १ गतेको दिन पारेर चौबीसकोठीमा आज साझ बत्ती बालिएको हो।

नेपाल विद्युत प्राधिकरण अन्तर्गतको सडक बत्ती प्रबर्द्धन आयोजना र भरतपुर महानगरको संयुक्त लगानीमा उक्त बत्ती जडान गरिएको हो।

पहिलो चरण अन्तर्गत भरतपुर क्षेत्रका आठ स्थानमा बत्ती जडान गरिने छ। चौबीसकोठी , बिरेन्द्र क्याम्पस चोक,सहिद चोक , पुल्चोक , पोखरा बसपार्क ,आपटारी , बाइपास रोड र केन्द्रिय बसपार्कमा क्रमश बत्ती जडान गरिने विद्युत प्राधिकरण चनौलिका प्रमुख शिसिर लम्सालले जानकारी दिए।

उनले भने ,एउटा पोलमा २ सय वाटका ८ वटा लाइट राखिएको छ।सबै गर्दा १६ सय वाट हुन्छ जसले निकै ठुलो क्षेत्र सम्म उज्यालो दिन्छ ।

महानगर प्रमुखको योजना अनुसार बैशाख १ गतेनै बत्ती बाल्नु पर्ने हुनाले काम सुरु गरेको करिब १० दिन भित्रमा एक स्थानमा बत्ती बाल्न सफल भएको उनले बताए ।

  • प्रकाशित मिति : वैशाख १, २०७९, बिहीवार २०:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८