• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

कोरोना मुक्त भयो झापा

  • खबरदाता

कोरोना मुक्त भयो झापा

 

चैत ३०,२०७८

जिल्लामा कोडिभ–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक ५-६ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ नदेखिएको बताए । “शङ्का लाग्नेमध्ये एकाध मान्छे स्वाब परीक्षणका लागि आउँछन तर रिपोर्ट नेगेटिभ नै आइरहेको छ”, उनले भने । सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षणलाई नियमित गरिरहेको उनले बताए । उनले जिल्लाका अस्पताल तथा होमआइसोलेशनमा समेत कोही नरहेको जानकारी दिए ।

झापामा कोभिड–१९ बाट हालसम्म ६६२ जनाले ज्यान गुमाएका छन् । जिल्लामा १२ देखि १७ वर्ष उम्मेर समूहका ९९ हजार ५७६ जनाले कोरोना भइरस विरुद्धको पूर्ण खोप लगाएका छन् भने १८ वर्ष माथिकाले छ लाख ८५ हजार ३०० जनाले पूरा खोप लगाइसकेको उनको भनाइ छ । उनले हाल जिल्लाका सबै पालिकामा टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन भइरहेको जानकारी दिए।

  • प्रकाशित मिति : चैत ३०, २०७८, बुधवार १८:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८