• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ पटक उपाध्यक्ष बने चितवनका सुबेदी

  • खबरदाता

यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ पटक उपाध्यक्ष बने चितवनका सुबेदी

चैत ३०,२०७८

चितवन – चितवनका यातायात ब्यबसायी राम प्रसाद सुबेदी यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन।

काठमाडौंमा भएको छैठौं केन्द्रिय महाधिवेशनबाट सुबेदी अत्याधिक मतका साथ उपाध्यक्षमा निर्वाचित भएका हुन।यो सहित उनी लगातार पाँचौ पटक उपाध्यक्ष बन्न सफल भएका हुन।

बिगत ४० बर्ष देखि यातायात सेवामा लागेका सुबेदी एक सफल ब्यबसायी हुन भने सामाजिक क्षेत्रमा पनि उनको योगदान त्यतिकै रहेको पाइन्छ ।

समाज सेवा गरेबापत हालै मात्र रास्ट्रपतिबाट जन सेवा श्री ५ औं बाट समेत सुबेदी सम्मानित भएका हुन।
उपाध्यक्षमा निर्वाचत भएपछि यातायात क्षेत्रमा आफुले थालेका अधुरा कामहरु पुरा गर्ने तर्फ लाग्ने उनले बताए । यातायात कार्यालय भरतपुरको बाकी रहेको जग्गा प्राप्तिको कामका लागि सबै राजनीतिक दलसंग सहकार्य गरेर पुरा गर्ने उनको भनाइ थियो।

बुधबार सम्पन्न अधिबेशनमा महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन्।

  • प्रकाशित मिति : चैत ३०, २०७८, बुधवार १७:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८