• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बैशाख २ गते चितवनमा ५० हजार उतार्ने तयारीमा राप्रपा

  • खबरदाता

बैशाख २ गते चितवनमा ५० हजार उतार्ने तयारीमा राप्रपा

पारस बसपार्कमा हुने आमसभामा अध्यक्ष लिङदेन सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने

चैत ३०,२०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले बैशाख २ गते हुने विशाल आमसभामा ५० हजार बढी जनता सहभागि हुने दाबी गरेको छ । पत्रकार सम्मेलन गर्दै अध्यक्ष रुद्रप्रसाद ढकालले भरतपुरको केन्द्रीय बस ट्रमिनल ९पारस बसपार्क० मा हुने आमसभामा उल्लेख्य सहभागिता हुने बताए ।

आमसभालाई राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री डा। धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने जनाइएको छ । आमसभा सफल पार्न १६ वटा उपसमितिहरु बनाइएका छन् । “चुनाव लक्षित आमसभा होइन, देशमा व्याप्त भ्रष्टाचार, वेथीति र उत्पीडन विरुद्धको खबरदारीसभा हो”, उनले भने , “राप्रपाले अंगिकार गरेको राजनीतिक, आर्थिक, सामाजिक अवधारणालाई जनतामाझ सूसूचित गराउनेछौँ ।”

आमसभा हुने स्थल पारसबसपार्कको खुल्ला चौरलाई ५ दिन लगाएर सरसफाई गरिएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रवक्ता राजु भण्डारीले चौरबाट झण्डै २५ ट्रिपर फोहर संकलन गरिएको बताए । उनका अनुसार जेसीवी, ग्रेडर, रोलर लगाएर चौरलाई सम्याउने, सफा गर्ने काम गरिएको छ । आमसभास्थलमा २ वटा मञ्च बनाइने छ । अतिथि र कलाकारहरुलाई छुट्टाछुट्टै मञ्च बनाइने बताए ।

जिल्ला उपाध्यक्ष जीवलाल पुरीले चितवनका ९८ वडाकै जनता आमसभामा सहभागि हुने बताउनुभयो । छिमेकी जिल्लाबाट समेत उल्लेख्य सहभागिता रहने बताए । उनका अनुसार आमसभाकै कार्यक्रममा चितवनबाट अन्य दल परित्याग गरी ३ हजार बढी राप्रपामा प्रवेश गर्ने कार्यक्रम समेत रहेको बताए ।

बैशाख पहिलो साता सातै पालिकामा उम्मेदवार घोषणा

राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले बैशाख पहिलो साता चितवनका सात वटै स्थानीय तहमा उम्मेदवारहरु घोषणा गरिने बताएका छन । मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य सबै पदमा राप्रपा चितवनले उम्मेदवारहरु छनौट गर्ने बताए । “अहिले एकल चुनावमै जाने गरी उम्मेदवारहरु छनौट गर्दैछौँ”, उनले भने, “केन्द्रको निर्देशनपनि बल्ल गठबन्धनको टुंगो लाग्नेछ ।” उनका अनुसार पालिकास्तरबाट उम्मेदवारहरुको नामावली संकलन कार्य जारी रहेको बताए।

  • प्रकाशित मिति : चैत ३०, २०७८, बुधवार १६:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८