• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गठबन्धनमा भरतपुर काङ्ग्रेसको बिद्रोह, सबै वडामा स्वोतन्त्र उमेदवार !

  • केपी शर्मा

गठबन्धनमा भरतपुर काङ्ग्रेसको बिद्रोह, सबै वडामा स्वोतन्त्र उमेदवार !

केहि दिन अघि काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको नेतृत्वमा जिल्लाका केन्द्रिय सदस्य सहितको टोलीले भरतपुरमा मेयर काङ्ग्रेसले पाउनु पर्ने भन्दै केन्द्रका एक दर्जन नेतालाइ भेट गरेको थियो।

 

चैत २९,२०७८

चितवन – चितवनको भरतपुर महानगर काङ्ग्रेसले गठबन्धन कायम राख्दै भरतपुरको मेयर काङ्ग्रेसले पाउनु पर्ने अडान यथाव रहेको जनाएको छ।

भरतपुर महानगरपालिकामा रहेका सबै वडा सभापतिहरुको मंगलबार बसेको बैठकले भरतपुरमा मेयर काङ्ग्रेसले पाउनु पर्ने आफ्नो बटमलाइन रहेको निर्णय जिल्लालाइ बुझाएको छ।

महानगरका २९ मध्ये २५ भन्दा बढी वडा सभापतिहरुको आकस्मिक बैठकले बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा काङ्ग्रेसले मेयर नपाए बिद्रोह हुन सक्ने चेतावनी दिएको छ।

बैठक पछि वडा नम्बर २१ का सभापति कृष्ण कान्त भण्डारी रोलक्रम अनुसार यसपटक कुनै पनि हालतमा काङ्ग्रेसले मेयर पाउनु पर्ने बताए ।उनले सधैंभरी काङ्ग्रेसले अरु पार्टीको चुनाव चिन्हमा मतदान गर्न नसक्ने बताए । उनले भने, ‘सधै अरुलाइनै काध बोकेर हिंड्नु पर्ने हो भने काङ्ग्रेसको सदस्यताको के मतलब भो ?’

वडा नम्बर १४ का सभापति राजेन्द्र साँखीले चैत्र २० गते केन्द्रिय सदस्य, भरतपुरका सबै वडा सभापति ,महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि सबैले गरेको निर्णयलाइ केन्द्रले जुनसुकै हालतमा पनि मान्नु पर्ने बताए । वडा सभापतिहरुले निर्णय गरेको भोलिपल्टनै काङ्ग्रेसको जिल्ला कमिटीले तालमेल गर्ने भनेर गरेको निर्णयनै प्रतिनै आफुहरुको आपत्ति रहेको उन भनाइ थियो । उनले भने, ‘गठबन्धन गरेर अगाडी जाँदैगर्दा सोचेको भन्दा अर्को परिणाम आयो भने त्यसको जिम्मेवारी कसले लिने रु त्यसको जिम्मा केन्द्रले लिन सक्छ ?’

भरतपुर १ का काङ्ग्रेस सभापति अस्बिन श्रेष्ठले आजको बैठकले गरेको निर्णय चैत २० गतेको कुरालाइ सन्झाउन मात्र खोजेको बताए । उनले गठबन्धन प्रति आफुहरुको बिरोध नभएर रोलक्रम अनुसार मेयर पाउनु दाबी रहेको बताए ।उनले भने, ‘सधै एउटै पार्टीलाइ किन दिने रु अघिल्लो चुनाबमा हामीले माओवादीलाइ सघाएको हो।यसपालि हामीलाइ सघाउनु पर्‍यो। यदि सघाउन नसक्ने भए काङ्ग्रेस एक्लै चुनावमा जान्छ ।’

चितवन जिल्लामानै काङ्ग्रेस एक्लै चुनाब लड्न चाहेको ९ नम्बरका वडा सभापति डिल्लिराम सापकोटाले बताए । केन्द्रले गरेको गठबन्धनलाइ हामीले सहजै मान्नेहो तर यसपाली भने मेयरचै काङ्ग्रेसले पायो भने मात्र मन्न सकिन्छ । बरु काङ्ग्रेस संघिय निर्वाचनमा प्रचण्डलाइ जिताउन तयार छ तर मेयरमा भने हाम्रो दाबी छ। बिगतमा रेनुलाइ जिताएर धोका खाको समेत उनको भनाइ थियो।

केन्द्रले भरतपुरमा माओबादी केन्द्रलाई मेयर दिने निर्णय गरेको भनेर केहि संचार माध्यममा आएपछि आकस्मिक रुपमा वडा सभापतिहरुको बैठक बसेको थियो।

बैठकमा गरिएको निर्णयलाइ केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई निर्णय कपि हस्तान्तरण गरेका छन । निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहाना पनि वडा सभापतिहरुको निर्णयसंग मेल खाने भन्दै निर्णय हुबहु केन्द्रमा पठाउने प्रतिवद्धता जनाए ।

केन्द्र, जिल्ला र महानगरले गठवन्धन गर्ने निर्णय गरेपनि वडा सभापतिहरु भने कुनै पनि गठवन्धनको पक्षमा नरहने निश्कर्षमा पुगेका छन । गत चैत्र २० गते ५ दलीय गठवन्धन अनुसारनै तालमेल गर्ने निर्णयमा पार्टी समेत संलग्न भएकोमा असन्तुष्टि जनाउँदै वडा सभापतिहरुले नेतृत्वको ध्यानाकर्षण गराएका हुन । वडा सभापतिहरुको संयुक्त निर्णय विपिरित गठवन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका ५ जना उमेदवार खडा गर्ने चेतावनी बैठकमा उपस्तित वडा सभापतिहरुले दिएका छन। । साथै वडा सभापतिहरुले आफुहरुले भनेको नभए गठवन्धनका सबै उमेदवारहरुलाई बहिस्कार गर्ने निर्णय पनि गरेका छन । बैठक वडा नम्बर १९ का पार्टी सभापति आशमान तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

  • प्रकाशित मिति : चैत २९, २०७८, मंगलवार २०:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८