• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बैतडीमा विद्युत् सामग्रीको चरम दुरुपयोगस् खेतबारीमा बार लाउनेदेखि आरनमा भाँडाकुँडा बनाउनेसम्म

  • खबरदाता

बैतडीमा विद्युत् सामग्रीको चरम दुरुपयोगस् खेतबारीमा बार लाउनेदेखि आरनमा भाँडाकुँडा बनाउनेसम्म

चैत २९, २०७८

बैतडी – बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत विस्तार हुन नसक्दा त्यहाँका बासिन्दाहरू अन्धकारमा बस्नु परेको छ । केही ग्रामिण क्षेत्रमा विद्युत तार र खम्बा अपुग हुदाँ विजुली बल्न सकेको छैन । तर, कतिपय ठाउँमा भने पुगाएका विद्युत खम्बा र तारहरूको चरम दुरुपयोग भएको पाइन्छ।

जिल्लाको सिगास गाउँपालिका वडा न। ७ न्वाघरमा एक किसानको खेतबारीमा विद्युत तारहरूले बार लगाइएको छ ।

स्थानीय किसान रामसिंह साउदले आफ्नो २ रोपनी खेतमा उक्त विद्युत तारहरूहरूको बार लगाएका हुन् । सो क्षेत्र मुख्य बाटो छेउमै पर्ने भएकाले आवजजावत गर्ने सबैले तारको दुरुपयोग प्रष्ट देख्छन् तर कोही बोल्दैनन् ।

खेतको बार मात्रै नभई आल्मोनियनका विद्युत तारहरूबाट आरन व्यवसायीहरूले कराई, मान्द्रो, ताप्के, ढकेरा जस्ता भाडाकुडा बनाउने गर्दछन् । सिगास ४मा गडतोलामा बस्ने करिब १ दर्जन आरन व्यवसायीले उक्त सामग्रीको दुरुपयोग गरेको स्थानीय सुरेन्द्र साउदले बताए ।

उक्त तार स्थानीयतह हुनु पूर्व नै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले न्वाघरीगाड लघु जलविद्युत आयोजनाका लागि आएको हो । उक्त जलविद्युत अहिले पूर्ण रुपमा बन्द भैसकेको छ । उक्त विद्युत सञ्चालनका बखत प्रयोग भएका काठका खम्बाहरू ५ वर्षमै कुहिएपछि तारको स्थानीयबासीले भाँडाकुँडा बनाउनुका साथै खेतबारीमा प्रयोग गरेका हुन् ।

यसैगरी सिगास १ मा एक पक्की घर निर्माणाधीन अवस्थामा छ । स्थानीय लोकराज भट्टको उक्त घरमा पिल्लरका लाथि छडको सट्टा विद्युतका खम्बाहरू प्रयोग गरिएका छन् भने, शौचालयको खाडलमा समेत विद्युत खम्बाहरूको प्रयोग गरिएको छ ।

भट्टले शौचालयको खाडलमा विद्युत पोलहरू तेर्साएर माटो हालेका छन् । २०७५मा स्थानीय तह र विद्युत प्राधिकरणको संयुक्त लगानीमा विद्युत आयोजना निर्माण हुदाँ उनी आफै उपभोक्ता समिति अध्यक्ष रहेकाले विद्युत सामग्रीको दुरुपयोग गरेको स्थानीयबासीको भनाइ छ ।

यस्तै केही ठाउँमा ठेकेदारको लापरवाहीले गर्दा गाउँघरमा विद्युत तार र पोल पुगाइएको छ । तर, जडान गरिएको छैन् । तार, पोल तथा टान्सफर्मरहरू अलपत्र छाडिएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा न। ५ र ६को विभिन्न खोलाहरूमा तार, पोल तथा मेसिनहरू अपलत्र छाडिएका छन् ।

  • प्रकाशित मिति : चैत २९, २०७८, मंगलवार ०९:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८