• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

इच्छाकामनाको अध्यक्षमा एमालेबाट गुरूङ सिफारिस

  • खबरदाता

इच्छाकामनाको अध्यक्षमा एमालेबाट गुरूङ सिफारिस

चैत २९,२०७८

आसन्न स्थानीय निर्वाचनमा इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले दान बहादुर गुरुङलाइ सिफारिस गरेको छ।

एमाले इच्छाकामना गाउँ कमिटीको बैठकले गाउँपालिकाको अध्यक्षको उमेदवारमा गुरूङको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

एमाले गाउँ कमिटी बैठकमा अध्यक्ष कृष्ण सिलवालले गुरूङलाई गाउँपालिका अध्यक्षको उमेदवार बनाउने प्रस्ताव गरेका थिए । त्यसलाई बैठकले अनुमोदन गरेको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वजिल्ला अध्यक्षसमेत रहेका गुरूङ शिक्षण पेसाबाट राजीनामा दिएर राजनीतिमा सक्रिय भएका हुन् ।

  • प्रकाशित मिति : चैत २९, २०७८, मंगलवार ०९:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८