• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

भरतपुरको मेयर र उपमेयरमा काङ्ग्रेसका १३-१३ जना आकांक्षी

  • खबरदाता

भरतपुरको मेयर र उपमेयरमा काङ्ग्रेसका १३-१३ जना आकांक्षी

चैत २७,२०७८

 

चितवन – आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा भरतपुर महानगरको लागि मेयर र उपमेयरमा २६ जना आकांक्षी देखिएका छन।

काङ्ग्रेसले सुरु गरेक मनोनयन दर्ता प्रक्रियामा आइतबार मात्रै भरतपुरको मेयर १३ र उपमेयरमा १३ जनाले मनोनयन दर्ता गराएका हुन।

आइतबार भएको मनोनयन दर्तामा मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, उत्तम जोशी,चित्रसेन अधिकारी, जगन्नाथ पौडेल,रामप्रसाद अधिकारी,विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी ,दिर्घमान श्रेष्ठ,निलकन्ठ शर्मा रिजाल र गौरी कुमारी श्रेष्ठ रहेका छन् ।

यस्तै, उपमेयर पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की,कल्पना पौडेल , देबेन्द्र गुरुङ,टंकनाथ पौडेल,पुर्ण बाहादुर गुरुङ,राजिब न्यौपाने, बिरेन्द्र केसि,भुपतिदास सापकोटा, केदार नाथ बराल र रबि भद्र शर्मा खनालले मनोनयन दर्ता गराएको महानगर कांग्रेसले जनाएको छ ।

आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएसँगै मेयर र उपमेयरका लागि आकांक्षीहरु बढ्दै गएको महानगर प्रबक्ता ईश्वर प्रभाकर श्रेष्ठले जानकारी दिए ।

नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार आइतबार र सोमबारका लागि भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता शुरु गरिएको हो । मनोनयन सोमबार अपरान्न चार बजेसम्म चल्ने माहानगर काङ्ग्रेसले जनाएको छ ।

जिल्लाका सबै पालिकामा तालमेल गर्ने निर्णय गरेको काङ्ग्रेसले भरतपुर महानगर भने मेयर आफुले पाउनु पर्ने दाबी गर्दै आएको छ।

  • प्रकाशित मिति : चैत २७, २०७८, आइतवार १६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८