चैत २७,२०७८
चितवन – नेपाली काङ्ग्रेस चितवनमा भरतपुरको मेयर र उपमेयर पदको लागि आजबाट मनोनयन दर्ता गरिने कार्यतालिका रहेको छ।
नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवनको परिपत्र अनुसार आज आइतबार र भोलि सोमबार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता प्रक्रिया शुरु हुन लागेको हो।
आज बिहान ११ बजेबाट नेपाली काङ्ग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा दर्ता प्रक्रिया सुरु हुने माहानगर सचिब कृष्ण बगालेले बताए । मनोनयनका लागि सम्पुर्ण तयारी पूरा भएको उनको भनाइ छ ।
उनका अनुसार भरतपुर माहानगर पालिकाको मेयरको लागिदर्ता शुल्क तीन हजार र उप मेयरको लागि दुइ हजार रुपैयाँँ तोकिएको छ । आगामी बैशाख ३० गते स्थानीय तहको नर्विाचन हुँदै छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८