• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

अबिश्वास प्रस्ताव पारित ,इमरान खान भए पदमुक्त

  • एजेन्सी

अबिश्वास प्रस्ताव पारित ,इमरान खान भए पदमुक्त

चैत २७,२०७८

पाकिस्तानी प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि इमरान खान पदमुक्त भएका छन।

अविश्वास प्रस्ताव संसदबाट पास भएसंगै पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका हुन। सनिवार मध्यरातमा संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

विपक्षी दलहरुले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । अल्पमतमा परेपछि खानले गरेको संसद विघटनलाई अदालतले पुनस्थापना गरिदिएको थियो । त्यसपछि गएराति संसदमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा भोटिङ भएको थियो ।

पाकिस्तानको नेश्नल एसेम्बलीमा ३४२ सदस्य हुन्छन् । विपक्षी दलहरुले १७२ सिट मात्रै पुर्याए पनि अविश्वास प्रस्ताव पास हुन्थ्यो । तर अविश्वासको प्रस्तावमा १७४ मत पर्यो ।

अविश्वास प्रस्ताव पास भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिक महत्व भएको बताए । उनले १० अप्रिल १९७३ मा नै पाकिस्तानको संविधानलाई संसदले पारित गरेको स्मरण गराए । उनले भने, ‘पुरानो पाकिस्तानमा तपाईंहरुलाई स्वागत छ । कुनै पनि कुरा असम्भव छैन ।’

  • प्रकाशित मिति : चैत २७, २०७८, आइतवार ०७:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८