• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

विवरण बुझाउन विद्यालयको अटेरी, स्पष्टीकरणसम्म सोधिन्न

  • खबरदाता

विवरण बुझाउन विद्यालयको अटेरी, स्पष्टीकरणसम्म सोधिन्न

 

चैत २७, २०७८

विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरणसम्म सोध्ने गरेको छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता (सहसचिव) डिल्लीराम लुइँटेलले विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भए पनि सबैले नबुझाउने गरेको बताउँदै भने, “करिब २० प्रतिशत विद्यालयले विवरण पठाउँदैनन् ।” नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिनाभित्र विद्यालयले एकीकृत सूचना व्यवस्थापन प्रणाली ९आईईएमआईएस०मार्फत विवरण बुझाइसक्नुपर्ने नियम छ । विद्यालयले अनलाइनमार्फत इन्ट्री गरेपछि केन्द्रले पासवर्ड उपलब्ध गराउने गरेको छ ।

पासवर्ड प्राप्त गरेपछि विद्यालयले विद्यार्थी सङ्ख्या, शिक्षक सङ्ख्या, आम्दानी रकम, खर्च रकम, भौतिक पूर्वाधारलगायतबारे विस्तृत विवरण उपलब्ध गराउनुपर्ने हुन्छ । कुनै विद्यार्थी वा शिक्षकले विद्यालय छाडेमा पनि तत्काल सोको जानकारी अनलाइनमार्फत दिनुपर्ने हुन्छ । उनले अटेर गर्नेमा अधिकांश निजी विद्यालय भएको बताए । “विवरण पठाउनू भनेर ताकेता गरिरहेका हुन्छौँ । स्थानीय तहलाई पनि फलानो स्कुलले विवरण पठाएन भनेर जानकारी पनि गराउँछौँ,” सहसचिव लुइँटेलले भने, “विवरण पठाउन प्रोत्साहन गर्छौं । कारबाही गर्ने गरिएको छैन ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : चैत २७, २०७८, आइतवार ०६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८