• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

चितवनमा घाँस काट्न गएका व्यक्तिलाई बाघले बेपत्ता बनायो

  • खबरदाता

चितवनमा घाँस काट्न गएका व्यक्तिलाई बाघले बेपत्ता बनायो

 

चैत २६,२०७८

चितवन – चितवनको कुमरोजमा एक पुरूषलाई बाघले आक्रमण गरी बपत्ता बनाएको छ ।

खैरहनी नगरपालिका(१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्न गएका सोही ठाउँको जनकपुरमा घर भएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरी बेपत्ता बनाएको हो ।

बाघले आक्रमण गरी लगेको भन्ने खबर स्थानीयले दिएपछि नेपाली सेनाको जनकपुर पोष्ट तथा इलाका प्रहरी कार्यालय खैरहनीबाट गएको प्रहरी टोलीले धमलाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

  • प्रकाशित मिति : चैत २६, २०७८, शनिवार १०:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८