• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

चितवनका काँग्रेस नेता बालुवाटारमा,भरतपुरमा मेयर पाउने पक्का!

  • खबरदाता

चितवनका काँग्रेस नेता बालुवाटारमा,भरतपुरमा मेयर पाउने पक्का!

चैत, २५ २०७८ ।

चितवन– भरतपुरको मेयर काँग्रेसले पाउनुपर्ने माग राख्दै काठमाडौँ पुगेको चितवन काँग्रेस टोलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवासँग भेट गरेको छ ।

शुक्रबार साँझ साढे ६ बजे चितवन कांग्रेसका सभापति राजेश्वर खनाल सहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर देउवालाई भेट गरेको हो ।

खनालसहित एक दर्जनभन्दा बढी जिल्लाका कार्याकर्ता तथा केन्द्रीय सदस्यको टोलीले भरतपुरको मेयर काँग्रेसले पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएको काँग्रेस चितवनका निवर्तमान अध्यक्ष जितनारायण श्रेष्ठले बताए ।

प्रधानमन्त्रीलाई अहिलेको राजनितीक अवस्थाको बारेमा जानकारी गराएको उनले बताए ।
अघिल्लोपट काँग्रेसले माओवादीलाई समर्थन गरेको हुँदा पालो अनुसार पनि काँग्रेसले नै भरतपुरको मेयर पाउनु पर्ने करा प्रधानमन्त्रीसमक्ष राखेको श्रेष्ठले बताए ।

‘गठबन्धन भनेको आलोपालो प्रणाली हो जसअनुसार हामीले मेयर पाउने बारेमा प्रष्टरुपमा प्रधानमन्त्री ज्युलाई कुरा राखेका छौ’ उनले भने, ‘हाम्रो ध्यानाकर्षणपछि प्रधानमन्त्री देउवाले गठबन्धन दलका साथीहरुसँग र पार्टीभित्रै यसबारेमा विस्तृत छलफल गरिने बताउनुभयो । अहिलेको परिस्थीती हेर्दा चितवनमा काँग्रेसले नै मेयर पाउनेछ । ’

तपाईँहरुले दुई दिनको काठमाडौँ दौडाहमा के पाउनुभयो भनेर खबरमूलुकले सोधको प्रश्नमा श्रेष्ठले बालुवाटार परिसरबाटै भने,‘सबै नेताहरुलाई भेट गर्दा भरतपुरमा काँग्रेसले मेयरमा टिकट पाउनुपर्छ भन्ने एकमत देखियो, हामीले सोचेभन्दा केन्द्रले भरतपुरलाई गहन रुपमा हेरेको पाइयो त्यसैले कुरा प्रष्ट छ भरतपुरको मेयर काँग्रेसको हो ।’

बिहीबारनै सो टोलीले रामचन्द्र पौडेल, गगन थापा,धनराज गुरुङ लगायतका काङ्ग्रेसका नेताहरुसँग भेट गरी भरतपुरको मेयर काङ्ग्रेसले छाड्न नहुने पक्षमा लबिङ गरेका छन।

लबिङको लागि सभापति खनाल सहित चितवन काङ्ग्रेसका निबर्तामान सभापति जितनारायण श्रेष्ठ ,केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ ,दिनेश कोइराला,पुर्ब सांसद जगन्नाथ पौडेल, गिता वाग्ले, आनन्द राउत , अनमोल अधिकारी , उत्तम जोशी लगायतको टोलीले आज प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेट गरेको हो ।

  • प्रकाशित मिति : चैत २५, २०७८, शुक्रवार १९:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८