चैत, २५ २०७८।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर अस्पताललाई मेडिकल एकेडेमीको रूपमा स्थापित गर्न प्रधानमन्त्री समक्ष कुरा राख्ने बताएका छन् ।
भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सवमा उनले चितवनबाट फर्केपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मेडिकल एकेडेमी बनाउन पहल थाल्ने बताए । ‘प्रधानमन्त्रीज्यू तपाईंले डडेलधुरामा बनाउनुभएछ अब पालो चितवनको भनेर कुरा राख्छु,’ प्रचण्डले भने ।
भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउन आफूले मिहिनेत गरेको उनले बताए । भौतिक पूर्वाधार, उपकरण, साधनस्रोत तथा जनशक्ति सबै कुराको व्यवस्था राज्यले गर्नुपर्ने भए पनि अहिलेसम्म हुन नसकेको उनको भनाइ छ ।
‘अस्पताल व्यवस्थापन समितिले मलाई सम्झाएका मुटुसम्बन्धीका उपकरण तथा एमआरआई, ओएनएम र एकेडेमीका कुराहरूप्रति म गम्भीर छु । यसलाई पूरा गरिनुपर्छ,’ प्रचण्डले भने, ‘नेपाली जनता कसैले पनि उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने कुरा संविधानको मर्म छ । तर, आवश्यक पर्ने सबै स्रोतसाधनको अभावले उक्त कुरा पूरा हुन सकेको छैन ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८