चैत, २५ २०७८।
चितवन- बाल यौन दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर–१३ का ५८ वर्षीय फणिन्द्र भटट्राई र ५२ वर्षीय विमल प्रसाद देवकोटा रहेका छन् ।
भरतपुर १३ स्थित श्री माध्यमिक बिधालय गंगानगरका छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।
उनका अनुसार कक्षा ४ मा अध्ययनरत १३ वर्षीया नाबालिकालाई शिक्षक भट्टराईले र सोही बिधालयमा कक्षा ६ मा अध्यनरत १२ वर्षीया अर्की नाबालिकलाई शिक्षक देबकोटाले यौन दुव्र्यवहार गरेको भनि बिहीबार निजहरुविरुद्ध जाहेरी परेको हो ।
‘कक्षामा पढाउने क्रममा बिभीन्न बहाना बनाई संबेदनशिल अंगमा सुम्सुम्याउने, हात लगाउने गरेको भनी निज दुबै नाबालिकाको अभिभावकले बाल यौन दुरुपयोग मुद्दामा जाहेरी दरखास्त दिएपछि पक्राउ गरिएको डिएसपी अधिकारीले बताए
पक्राउ परेका शिक्षकद्धयलाई शुक्रबार चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको अधिकारीले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८