[ फाेटाे : Delayed girl is handcuffed ]
चैत,२५ २०७८ ।
चितवन – आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका –८ दुर्गाचोकमा बिहीबार आफनै घरको भान्छामा आत्महत्या गरेका ४२ वर्षीय उत्तम सुबेदीलाई मर्न बाध्य पारेको आरोपमा उनकी श्रीमती मिरा सुवेदीलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी डिएसपी नरहरी अधिकारीका अनुसार मृतकको दाजुले सुवेदीबिरुद्द आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकोले निजलाई पक्राउ गरिएको बताए ।
पक्राउ परेकी सुवेदीलाई चितवन जिल्ला अदालतवाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको अधिकारीले जनाए ।
सुवेदीको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८