• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

परमादेशको ‘गुन’ तिर्न बन्दीलाई मन्त्री पद उपहार!

  • खबरदाता

परमादेशको ‘गुन’ तिर्न बन्दीलाई मन्त्री पद उपहार!

चैत २५, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचित व्यक्तिलाई छाडेर फेरि गैरसांसदलाई मन्त्री बनाएका छन् । स्थानीय तह निर्वाचनको तयारीमा तीव्र लागिरहेका बेला माधव नेपालनिकट मानिने गैरसांसद अधिवक्ता गोविन्द बन्दीलाई देउवाले कानुन मन्त्रीमा नियुक्त गरेका हुन् ।

माधव नेपालको दबाब र एमसिसी पास गराउन खेलेको भूमिकास्वरूप बन्दीलाई विवादकै घेराभित्र परेर भए पनि देउवाले नियुक्ति दिएका हुन् । बन्दी पनि सत्ता साझेदार दल नेकपा एसका अध्यक्ष नेपालसँग पारिवारिक सम्बन्ध रहेको खुलेको छ । नेपालका सम्धि सोमप्रसाद पाण्डेका साढुभाइसमेत रहेका बन्दीलाई ‘गठबन्धनको न्यायिक लडाइँमा सघाएवापत’ पुरस्कृत गरिएको चर्चा चल्न थालेका छन् ।

परमादेशको ‘गुन’ तिर्न देउवाले बन्दीलाई मन्त्री बनाएको भन्दै आलोचना हुन थालेको हो ।संसद विघटन मुद्दामा अदालतबाहिर र भित्र बन्दीले खेलेको भूमिका, एमसिसी संसदबाट पारित गराउँदा १२ बुँदे व्याख्यात्मक घोषणाको ड्राफ्ट तयार गर्दा उनले गरेको मिहिनेतलाइ हेरेर सत्ता गठबन्धनले मन्त्रीको उपहार दिएका हुन् ।बन्दीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दामा रिट निवेदकका पक्षबाट खरो बहस गरेका थिए ।

त्यसो त अमेरिकी सहयोग परियोजना एमसिसी पारित गराउन बन्दीले खेलेको भूमिकाले पनि देउवा आफैँ प्रभावित थिए ।

आफूलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्रयाएका माधव नेपाल र प्रचण्डलाई देउवा चिढ्याउन चाहँदैनन् र कार्यकर्तालाइ पनि गठबन्धनविरूद्ध नबोल्न आदेश दिन्छन् ।

देउवाले यसअघि गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएका थिए ।प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाइएको भन्दै सर्वत्र आलोचना भएपछि मन्त्री भएको ४० घन्टा पनि नबित्दै उनले राजीनामा दिन बाध्य भए ।

देउवाले दीलेन्द्रप्रसाद बडुलाई कानुन मन्त्रालयबाट उद्योग मन्त्रालयमा सारेका हुन् ।देउवाले दुइटा मन्त्रालय लामो समयदेखि आफ्नै पोल्टामा राखेका थिए । देउवा सरकारको मन्त्रिमण्डलले अझै पूर्ण पाएको छैन् ।

  • प्रकाशित मिति : चैत २५, २०७८, शुक्रवार ०६:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८