• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ

  • रासस

बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ

चैत २४,२०७८

नेपाल प्रहरीले बैकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३१ वर्षीय राजु भण्डारी र झापा गौरादह नगरपालिका घर भई हाल काठमाडौँको धुम्बाराहीमा बस्दै आएका ५० वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटनको विसं २०७८ वैशाख २९ गतेको फैसलाले रु सात लाख दुई हजार ५०० जरिवाना र ढुङ्गानालाई उच्च अदालत विराटनगरले विसं २०७८ पुस २२ गते पक्राउ अनुमति दिएको प्रहरीले जनाएको छ ।

पक्राउ भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ र ढुङ्गानालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : चैत २४, २०७८, बिहीवार २०:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८