• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फ्रीडम फाइटर ठमेलले जित्यो दिलिप स्मृति चितवन भेटेरानको उपाधी

  • खबरदाता

फ्रीडम फाइटर ठमेलले जित्यो दिलिप स्मृति चितवन भेटेरानको उपाधी

 

चैत २४,२०७८

चितवन – स्वर्गीय दिलिप राना स्मृति तेस्रो अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधि फ्रीडमफाइटर ठमेलले जितेको छ । बिहीबार भएको फाइनलमा चितवन भेटेरान रातोलाई टाई ब्रेकरमा पराजित गर्दै ठमेल च्याम्पियन बनेको हो ।

ठमेलले चितवनलाई टाई ब्रेकरमा ५(४ ले पराजित गर्‍यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । टाईब्रेकरमा ठमेलले पाँच गोल गर्दा चितवनको पाचौं प्रहार गोलकिपरले बचाए । खेलको म्यान अफ दि म्याच ठमेलका मुकुन्द थापा भए।

विजेता ठमेलले ट्रफ्रीसहित नगद एक लाख ५१ हजार प्राप्त गरेको छ । उपविजेता बनेको चितवनले ७५ हजारमा चित्त बुझाएको छ । ठमेलका राजकुमार घिसिङ प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले दश हजार प्राप्त गरे ।

चार गोल गरेका ठमेलका विकर्ण श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । यस्तै चितवनका अनिल आचार्य उत्कृष्ट डिफेन्डर, चितवनकै सुरेन्द्र चौधरी उत्कृष्ट मिडफिल्डर तथा चितवनकै राजकुमार गुरुङ उत्कृष्ट गोलकिपर भए । उनीहरुले जनही पाँच(पाँच हजार प्राप्त गरे ।

  • प्रकाशित मिति : चैत २४, २०७८, बिहीवार २०:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८