• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गैंडाकोटका ४० महिला प्रहरीको निशुल्क स्वास्थ्य परिक्षण

  • खबरदाता

गैंडाकोटका ४० महिला प्रहरीको निशुल्क स्वास्थ्य परिक्षण

 

चैत २४,२०७८

गैंडाकोट । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालले पूर्वी नवलपरासीका महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

सामुदायिक प्रहरी साझेदारी अन्तर्गत आज इलाका प्रहरी कार्यालय गैंडाकोटमा ४० जना महिला प्रहरीको स्वास्थ्य परीक्षण गरिएको हो । सामुदायिक सेवा केन्द्र गैंडाकोट, सामुदायिक प्रहरी सेवा केन्द्र तथा ईलाका प्रहरी कार्यालय गैंडाकोटको आयोजना र पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा नवलपुर क्षेत्रमा कार्यरत ४० जना महिला प्रहरी कर्मचारी र प्रहरी परिवारको स्वास्थ्य परीक्षण गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन । कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक प्रज्ज्वल मानन्धरले सधैं ड्युटीमा खटिनुपर्ने, समयमा खाना र खाजा समेत खान नपाउने महिला प्रहरीले कार्यालयमै स्वास्थ्य सेवा पाएकोमा खुशी व्यक्त गरे ।

शिबिरमा पुरानो मेडिकल कलेजका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा। शुभ श्रेष्ठ, रेडियोलोजिस्ट डा। अनिश आचार्य, डा। सुस्मिता देवकोटा लगायतले विशेषज्ञ सेवा प्रदान गरेका थिए । शिबिर स्थलमानै निःशुल्क भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सरको जाँच, सुगर जाँच गराइएको थियोे । अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपाने निजी क्षेत्रको पुरानो र ठूलो यस अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा रहेका सम्पूर्ण पक्षलाई समेटी स्वास्थ्य सम्बन्धी यस्ता कार्यक्रमहरु गर्दै आएको बताए ।

  • प्रकाशित मिति : चैत २४, २०७८, बिहीवार १९:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८