• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

लुटेरा र ठेकेदारलाइ मत नहाल्न बिप्लबको आह्वान

  • खबरदाता

लुटेरा र ठेकेदारलाइ मत नहाल्न बिप्लबको आह्वान

 

चैत २४,२०७८

चितवन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी चुनावमा दलहरुलाइ मत नहाल्न आह्वान गरेका छन।

एतिहासिक जन आन्दोलन दिवसका अवसरमा चितवनको भरतपुरस्थित गेष्टहाउस चउरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था पूर्णरुपमा खारेज गर्नुपर्ने र बैज्ञानिक समाजवाद स्थापना हुनुपर्ने मुख्य बटमलाईन आफ्नो पार्टीको रहेको बताए ।

एमसीसी पास गर्नु राष्ट्रघात भएको भन्दै यसको समर्थन गर्ने राजनीतिक दल र तीनका उम्मेदवारलाई आगामी स्थानीय चुनावमा मत नहाल्न विप्लवको आग्रह थियो । एमसीसी यो देशमा सांप बनेर आएको र त्यसलाई काट्न धारिलो हतियार लिई तयार हुन समेत उनको आह्वान थियो ।

सम्बोधन गर्दै विप्लवले भने , ‘अहिले देशमा रहेको संसदीय व्यवस्था लुटेराहरुको लागि हो । यो व्यवस्था ठेकेदारहरुको हो । जनताको पक्षमा काम गर्नेहरु आउने भन्दा दलाल, ठेकेदारहरुले कब्जा गर्ने र जनमतको अपमान गर्नेहरु हावी हुन्छन् । यसको बहिष्कार गरौं ।’

चुनावमा मत हाल्नेनै भए गाउँबाट उठेका महिला,दलित, जनताको अधिकारका लागि काम गर्ने उम्मेदवारलाई मत हाल्न उनको आग्रह थियो । साथै अहिलेको सरकार र मुख्य दलहरूलाई व्यवस्थाकै चुनाव गराउन उनको चुनौति थियो । विप्लवले भने, ‘ चुनाव गराउने नै भए संसदीय व्यवस्थाको होइन व्यवस्थाकै बारेमा जनमत संग्रह गराउन आग्रह गर्छौं ।’

२०४६ साल चैत २४ गते सुरु भएको जनआन्दोलनकै कारण अहिले गणतन्त्रसम्म आउन सकेको बताउदै चांडै नेपाली जनताको पक्षमा हुने बैज्ञानिक समाजबाद आउने दाबी गरे । साथै शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको सपना पूरा गर्नेतर्फ आफूहरु लागिरहेको विप्लवले बताए ।

  • प्रकाशित मिति : चैत २४, २०७८, बिहीवार १७:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८