• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रत्ननगरमा स्कुटर दुर्घटना ,चालकको मृत्यु

  • खबरदाता

रत्ननगरमा स्कुटर दुर्घटना ,चालकको मृत्यु

चैत २४,२०७८

चितवन । चितवनको रत्ननगर नगरपालिका १० त्रिनेत्र पेट्रोल पम्प नजिक गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सांढे १० बजेतिर मृत्यु भएको हो ।
प्रहरीका अनुसार महतो सवार बागमति प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर पुर्व पश्चिम सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ आंउदै गर्दा पल्टिएको हो ।

  • प्रकाशित मिति : चैत २४, २०७८, बिहीवार १५:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८