चैत २४, २०७८
एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। एडीबीले बुधबार एसियाली विकास परिदृश्य सार्वजनिक गर्दै अघिल्लो वर्ष २.१ प्रतिशतको आर्थिक वृद्धिदरमा सुधार आउने जनाएको हो। एडीबीले २०२३ मा ५ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने अनुमान गरेको हो।
सन् २०२२ (चालू आर्थिक वर्ष) कृषि क्षेत्रको वृद्धिदर १.३ प्रतिशत रहनेछ । रोपाइँका बेला पर्याप्त वर्षा भए पनि धान थन्क्याउने बेला भएको वर्षाले क्षति पुऱ्याउँदा धान उत्पादन ९ प्रतिशतले घटेको छ । उद्योग क्षेत्र ४.१ प्रतिशतले बढ्नेछ भने सेवा क्षेत्र ५.२ प्रतिशतले बढ्ने प्रक्षेपण छ।
कोरोना महामारी मत्थर हुँदै गएको र खोपको व्यापक प्रयोग भएकाले आर्थिक वृद्धिदर बढाउन सहयोग पुग्ने तर विकसित मुलुकको वृद्धिदर अझै सुस्त रहेकाले त्यसको प्रभाव नेपाललगायतका मुलुकमा पनि पर्ने एडीबीले जनाएको छ।
अघिल्लो आर्थिक वर्षको ६.२ प्रतिशतबाट घटेर सन् २०२१ (२०७७/७८)मा ३,६ प्रतिशत कायम स् रहेको मुद्रास्फीति यो वर्ष ६.५ प्रतिशत पुग्न एडीबीको अनुमान छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८