• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पहिले प्रचण्डको छोरी रेनु भन्थे, अहिले रेनुको बाउ प्रचण्ड भन्छन: प्रचण्ड

  • खबरदाता

पहिले प्रचण्डको छोरी रेनु भन्थे, अहिले रेनुको बाउ प्रचण्ड भन्छन: प्रचण्ड
२३ चैत,२०७८ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानिय चुनावमा महिलालाई धेरै पालिकामा मेयर बनाउने रहर भएको बताएका छन् ।

चितवनको भरतपुरमा सुकुम्बासीलाई लालपूर्जा वितरण कार्यक्रममा प्रचण्डले महिलाले नेतृत्व गरेको ठाउँमा धेरै विकास भएको पाइएकोले अबको चुनावमा पनि महिलालाई प्राथमिकता दिनुपर्ने उनले जोड दिए ।

तुलनात्मक रुपमा महिलालाई अग्रसरता गराएको ठाउँमा इमानदारिता ,शुसान र विकास देखिएका उनले बताए । ‘केहि वर्ष महिलालाई जिम्मेवारी दिइहेरौं, कैयौं वर्ष पुरुषले राज गरिआइएको छ केहि वर्ष महिलालाई राज गर्न दिउँ न’ उनले भने ।

चितवनमा पनि २०७४ को चुनावमा रेनु दाहाललाई भरतपुर मेयरमा लिएर आउदा धेरैले प्रचण्डकी छोरी भनेर चिन्ने गरेको र उनले गरेका कामले गर्दा त्यो भ्रम विस्तारै हट्दै गएको उनले बताए ।
उनले भने‘सुरुमा प्रचण्डको छोरी रेनु भन्थे अहिले रेनुको बाउ प्रचण्ड भन्न थालेका छन् यसैमा पनि मलाई धेरै खुशी लाग्ने गरेको छ ।’

४६ जनाले पाए लालपुर्जा

भरतपुर महानगरपालिका २ आपटारीका ४६ जना भूमिहीन सुकुम्बासी दलितले लालपुर्जा पाएका छन् । उनीहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र प्रचण्डले लालपुर्जा वितरण गरेका थिए । लालपुर्जा बाड्दै प्रचण्डले लालपुर्जा हामीले मात्र दिएको नभइ भूमिहिनको अधिकारले आफैं पाएको कुरा बताए । देशमा चितवन लगायत देशमै देखिएको भूमिको समस्या धेरैवटा सरकार परिवर्तन भइरहँदा पनि समाधान गर्न नसकेको उनको भनाइ थियो ।

भूमिहिन दलितले १३० वर्गमिटरका दरले जग्गा प्राप्त गरेका छन्। भरतपुर महानगरपालिकामा जम्मा १० हजार ७७७ जना भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासी रहेका छन्।

 

  • प्रकाशित मिति : चैत २३, २०७८, बुधवार १६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८