चैत २३,२०७८
सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ।
सरकार मातहतको नेपाल आयल निगम संचालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।
मुल्य बढेसगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री केन्द्रबाट बाट १५ किलोमिटर क्षेत्रभित्रलाइ पेट्रोलको मुल्य १६०तोकिएको छ। डिजेल र मट्टितेल पनि प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ ।
यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।
निगमले खाना पकाउने एलपि ग्यासको मुल्यमा पनि वृद्धि गरेको छ।प्रति सिलिन्डर २५ रुपैयाका दरले बढेर १६ सय कायम भएको छ।
यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।
बढेको मुल्य बुधबार राति १२ बजे देखि लागु भइसकेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८