• मंसिर २२, २०७९, बिहीवार Thursday, 08 December, 2022
centreal college

भरतपुर २१ को अध्यक्षमा काङ्ग्रेस नेता रानाले उम्मेद्बारी दिने

  • खबरदाता

भरतपुर २१ को अध्यक्षमा काङ्ग्रेस नेता रानाले उम्मेद्बारी दिने

 

चैत २०,२०७८

चितवन – आउँदो स्थानिय निर्वाचनमा भरतपुर २१ को वडा अध्यक्ष काङ्ग्रेसका किरण रानाले उम्मेद्बारी दिने भएका छन।

साबिक पार्बतिपुर ७ का स्थानिय राना १३ बर्षको उमेर देखिनै आफु काङ्ग्रेसको राजनीतिमा झुकाब राख्दै आएका बताउँछन। आफु भन्दा अग्रजहरु संग राजनीति सिक्दै हिँडेका राना नेपाल तरुण दल पार्बतिपुरको अध्यक्षबाट आफ्नो राजनीतिलाइ अगाडि बढाउँदै नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य बनेका थिए।

राना दोस्रो सम्बिधान सभा २०७० को आम निर्वाचनमा साबिक क्षेत्र नम्बर ५ र हाल का तरुण परिचालन संयोजक बनिसकेका हुन। साथै उनी विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध रहेका छन । हाल उनी बागमती प्रदेश अधिबेशन प्रतिनिधि रहेर आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छन।

आफुले पार्टीबाट टिकट पाएमा सबैको साथ र सहयोगले सजिलै जित हासिल गर्ने उनको दाबी रहेको छ ।

  • प्रकाशित मिति : चैत २०, २०७८, आइतवार ०८:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८