• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा मौज्दात पेट्रोल सकियो, बर्ता मिले भोलिबाटै सहज हुने

  • केपी शर्मा

चितवनमा मौज्दात पेट्रोल सकियो, बर्ता मिले भोलिबाटै सहज हुने

 

चैत १९,२०७८

चितवनः चितवनमा रहेका प्रायः सबै पेट्रोल पम्पहरुमा मौज्दात रहेको पेट्रोल र डिजेल सकिएको छ।

बिगत दुइ दिनदेखि पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले पनि आन्दोलन थालेपछि बनेपछि चितवनका लागि पनि निगमबाट पेट्रोल उठ्न छाडेको हो।

इन्धन अभाव हुने आशंकामा शुक्रबार देखिनै सर्बसाधारणले पेट्रोल र डिजेल मौज्दात राख्न थालेपछि चितवनका सबै पम्पहरुको पेट्रोल सकिएको चितवन पेट्रोलियम डिलर्स एशोसियसन चितवनका अध्यक्ष काशिराज पाठकले जानकारी दिए।

चितवनमा रहेको पेट्रोल र डिजेलले सामान्य अबस्थामा ५ दिन सम्म धान्ने पाठकले बताए । उनले भने, ‘पेट्रोल नआउन सक्ने अबस्था देखेर सबैले एकैपटक इन्धन भर्दा ५ दिनलाइ पुग्ने इन्धन दुइ दिनमै सकियो।’

सनिवार सरकार पक्षसंग हुने बार्ता सकारात्मक भएमा आइतबार देखिनै समस्या समाधान उनले बताए । सनिवार सांझ सम्म चितवनका केहि पम्पहरुमा मौज्दात रहेको डिजेल मात्र बिक्री भइरहेको र त्यो पनि आजनै सकिने अबस्थामा रहेको उनले जानकारी बताए ।

पाठकका अनुसार आइतबारदेखि अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शवबाहन सवारीका लागि तोकिएका पेट्रोलपम्मपबाटमात्रै इन्धन वितरण गरिनेछ । अन्य पेट्रोल पम्प भने पूर्णरुपमा बन्द रहने छन ।

चितवन अन्तर्गत लोथर देखि दुम्किबास सम्म र चुम्लिङटार देखि माडि सम्म गरि ७५ वटा पेट्रोल पम्प रहेका छन् । चितवनका पेट्रोल पम्पहरुमा ६ हजार देखि ७० हजार लिटर पेट्रोल र ३० हजारदेखि १ लाख लिटरसम्म डिजेल भण्डारण क्षमता रहेको छ ।
चितवनमा दैनिक १ लाख लिटर पेट्रोल र ४ लाख लिटर डिजेल खपत हुनेगर्छ ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आव्हानमा चितवनमा पनि आन्दोलन सुरु भएको हो । इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायत माग राख्दै आन्दोलित बनेका हुन् ।

जिल्लामा रहेका साझा र नेपाल प्रहरीको (तालिम केन्द्र) गरी दुई पम्पहरुमा भने पेट्रोल र डिजेल समस्या नहुने पम्प संचालकले जनाएका छन।

  • प्रकाशित मिति : चैत १९, २०७८, शनिवार १७:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८