• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नेपाल र भारतबीच के के भए चार सम्झौता ?

  • खबरदाता

नेपाल र भारतबीच के के भए चार सम्झौता ?

चैत १९,२०७८

काठमाडौँ – नेपाल र भारतबीच शनिबार चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा उक्त समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो। समझदारी तथा सम्झौतापत्रमा भएको हस्ताक्षरलाई दुवै देशका प्रधानमन्त्रीले अवलोकन गरेका थिए।

शनिबार नेपाल र भारतबीच भएका चारवटा समझदारी तथा सम्झौतापत्रमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनको लागि फ्रेमवर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारीपत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्तिसम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदानसम्बन्धी सम्झौता रहेका छन्।

  • प्रकाशित मिति : चैत १९, २०७८, शनिवार १४:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८