• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमाले बाहिर एक्लै लड्ने फुर्ती भित्र क्षतिको आंकलन !

  • खबरदाता

एमाले बाहिर एक्लै लड्ने फुर्ती भित्र क्षतिको आंकलन !

चैत १९, २०७८

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमाले बाहिर भासणमा आफुलाइ बाहुबलि सम्झिरहेका छन् ।तर भित्र भने आउन सक्ने क्षतिको आँकलन समेत गरेको छन् ।

केही दिनअघिसम्म ओलीलाई सत्तारुढ दलहरूले चुनावी गठबन्धन बनाउलान् भन्ने विश्वास थिएन । आफूलाई भेट्न बालकोट निवास पुग्ने जिल्ला नेताहरूलाई उनले भन्ने गरेका थिए, ‘गठबन्धन त भत्काइन्छ, भत्काइन्छ । यो देशमा केपी ओली पनि छ ।’

तर, पक्ष-विपक्षमा लामो कचिङ्गलपछि कांग्रेस केन्द्रीय समिति बैठकले सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन गर्ने औपचारिक निर्णय गरिदियो । एक्ला–एक्लै चुनाव लड्दा २०७४ मा भन्दा धेरै जित्ने विश्लेषण गरेको एमालेलाई गठबन्धनले चुनौती थपिदिएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवाली माधव नेपालको पार्टी थपिएबाहेक गठबन्धनको सामना आफूहरूका लागि नौलो नभएको बताउँछन्।

‘पहिले पनि गठबन्धनको सामना गरेकै हो, थपिएको भनेको माधव नेपालको गुट न हो,’एमालेलाई गठबन्धनसँग एक्लै लड्ने बानी परिसकेको छ । त्यसैले अघिल्लो चुनावभन्दा नतिजामा फरक पर्दैन।’

एमाले विभाजन भई नेता नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी गठन हुँदा पार्टी संगठनमा देशभर धेरथोर असर देखिन्छ । एमाले पङ्ति भने पार्टीको पक्षमा जनलहर आएको दाबी गरिरहेको छ । केहीअघि बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेशस्तरीय रिपोर्टिङमै एक्ला–एक्लै चुनाव लड्दा ६० प्रतिशतसम्म जित हासिल हुने विश्लेषण गरियो ।

‘केन्द्रीय कमिटी बैठकमा हौसिएरै रिपोर्टिङ आएको छ । तर, गठबन्धन सामाना गर्दासमेत एमालेको पहिलेको स्थिति घट्दैन भन्नेमा हामी प्रस्ट छौँ’, एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले भने । अध्यक्ष ओलीले सोही रिपोर्टिङका आधारमा ६० देखि ७० प्रतिशत जित्ने बताएका हुन् ।

सत्तारुढ गठबन्धनकै कारणले एमालेले ठूलो क्षति ब्यहोर्ने सम्भावना कमै रहेको तामाङ बताउँछन् । ‘पार्टीका नेता–नेता वा कार्यकर्ताको पो गठबन्धन हुने होला । जनताले कसैसँग गठबन्धन गर्दैन ।

एमालेले गठबन्धनसँग एक्लै चुनाव लड्दा अघिल्लो चुनावको तुलनामा ६ प्रतिशतसम्म क्षति ब्यहोर्ने आन्तरिक विश्लेषण गरेको छ । केन्द्रीय कमिटी बैठकमा गरिएको रिपोर्टिङ अनुसार, प्रदेश १ मा ४० प्रतिशत तह जित्ने एमाले आकलन छ । त्यस्तै, मधेस र बागमती प्रदेशमा ३५-३५ प्रतिशत जित्ने रिपोर्टिङ ती कमिटीले गरेका छन् । सबैभन्दा राम्रो नतिजाको अपेक्षा लुम्बिनी प्रदेशमा छ । त्यहाँ ४२ प्रतिशत स्थानीय तह जितिने एमालेको विश्लेषण छ ।

गण्डकीमा ४० प्रतिशत स्थानीय तह जित्ने प्रारम्भिक अनुमान गरेको एमालेले कर्णाली र सुदूरपश्चिममा सबैभन्दा कम ३० प्रतिशत स्थानीय तह जित्ने रिपोर्टिङ गरिएको छ । उनको पार्टी प्रबेशको लाइन नै लागेको छ।त्यसैले थोरै नजिता हारे पनि केन्द्रमा नि बलियो बम्मे निश्चितै छ।

  • प्रकाशित मिति : चैत १९, २०७८, शनिवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८