चैत १७,२०७८
सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ ।
इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दिएको दवावपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाउने निर्णय गरेको हो।
नयाँ भाडा दर भने आउँदो २० गते देखि लागु हुने यातायात व्यावसायीले बताएका छन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा हाल कायम भएको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनले भने आइतबार रुटअनुसार बढेको भाडाको सूची सार्वजनिक गरिनेछ । स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने नबढ्ने उनले बताए ।
साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ । यसअघि यातायात व्यवस्था विभागले नै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाउन मन्त्रालयमा सिफारिस गरेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८