• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

फराकिलो जित निकाल्दै एपिएफ शिर्ष स्थानमा

  • खबरदाता

फराकिलो जित निकाल्दै एपिएफ शिर्ष स्थानमा

चैत १७,२०७८

 

चितवन । सशस्त्र प्रहरी बल (एपिएफ) एफसी चितवनको भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगको शिर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको पहिलो खेलमा वालिङलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ शिर्ष स्थानमा उक्लिएको हो ।

एपिएफको फराकिलो जितमा हालै मात्र चोटबाट फर्किएकी स्टार फर्वाड सावित्रा भण्डारी साम्बा चार गोल गरिन् । यस्तै अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले एक९एक गोल गरे । पहिलो हाफमा एपिएफले २ गोल ग¥यो । खेलको २४ औं अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् । वालिङकी गोलकिपरलाई बिट गर्दै अनिताले सहज गोल गरिन् । पहिलो हाफमै एपिएफले अग्रता दोब्बर बनायो । ४० औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाईन् ।

दोस्रो हाफमा साम्बा मैदान प्रवेश गरेपछि एपिएफले ५ गोल थप्यो । प्रिती राईको स्थानमा मैदान प्रवेश गरेकी साम्बाले ५१ औं मिनेट व्यक्तिगत गोलको खाता खोलिन् । लेफ्ट विङबाट मन्जली योन्जनले निकालेको क्रसमा साम्बाले सुन्दर हेडर गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाईन् ।
६६ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले ४(० को अग्रता लियो ।

७५ औं मिनेटमा आर्मीले पाचौं गोल ग¥यो । अनिता बस्नेतले डिबक्स बाहिरबाट गोल गर्दै एपीएफलाई ५–० को अग्रता दिलाईन् । ७९ औं मिनेटमा साम्बाले हृयाट्रिक गरिन् । ७८ औं मिनेटमा अनिता केसीलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेकी सबिता राना मगरको एसिस्टमा गोल गर्दै साम्बाले हृयाट्रिक गरेपछि एपिएफले ६–० को अग्रता लियो ।

लगत्तै ८१ औं मिनेटमा साम्बाले व्यक्तिगत चौथो गोल गर्दै एपिएफलाई ७–० को जित दिलाईन् । यो जितपछि एपिएफ ३ खेलबाट ९ अंक बनाउँदै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । समान खेल खेलेको वालिङ भने अझै अंक विहिन छ । लिग अन्तर्गत आजको दोस्रो खेलमा धनगढी र ललितपुर भिड्दैछन् ।

  • प्रकाशित मिति : चैत १७, २०७८, बिहीवार १९:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८