• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा ८४ हजार मतदाता थपिए, ४५१ मतदान केन्द्र

  • केपी शर्मा

चितवनमा ८४ हजार मतदाता थपिए, ४५१ मतदान केन्द्र

चैत,१७ २०७८

आगामी स्थानिय निर्वाचनको लागि चितवनमा ८४ हजार भन्दा बढी मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लामा ८४ हजार ६८२ जना मतदाता थपिएका हुन् । २०७४ को स्थानिय निर्वाचनमा चितवनमा कुल मतदाताको संख्या तीन लाख १३ हजार ३ जना रहेको थियो । जसमध्ये एक लाख ६२ हजार २५१ महिला र एक लाख ५० हजार ७५१ पुरुष रहेका थिए भने एकजना लैगिंक तथा यौनिक अल्पसंख्यक रहेका छन् ।

आगामी वैशाख ३० गते हुने निर्वाचनमा चितवनका तीन लाख ९७ हजार ६८५ जनाले मतदानमा भाग लिन पाउनेछन् । जसमध्ये दुई लाख ४ हजार ६६६ महिला मतदाता रहेका छन् । पुरुष मतदाताको संख्या एक लाख ९३ हजार १८ रहेको छ भने यौनिक तथा लैंगिक अल्पसंख्यक एक जना रहेका छन् ।

चितवनका सातवटा स्थानिय तहमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता रहेका छन् । भरतपुरमा महिला मतदाताको संख्या ९६ हजार ८६७ रहेको छ भने ८८ हजार ८८४ पुरुष रहेका छन् । यस्तै एकजना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको रहेका छन् ।

भरतपुरमा आसन्न स्थानिय निर्वाचनमा ३५ हजार ४७८ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए । गएको स्थानिय निर्वाचनमा भन्दा रत्ननगरमा नगरपालिकामा ९ हजार ४८८ मतदाता थपिएका छन् । पछिल्लो तथ्याङ्क अनुसार २७ हजार २९५ महिला र २५ हजार ३४७ पुरुष गरि जम्मा ५२ हजार ६४२ जना मतदाता रत्ननगरमा रहेका छन् ।

यस्तै खैरहनी नगरपालिकामा कुल मतदाता संख्या ४३ हजार ५३१ रहेका छन् । जसमध्ये २२ हजार ७९९ महिला र २० हजार ७३२ पुरुष रहेका हुन् । अघिल्लो स्थानिय निर्वाचनमा भन्दा अहिले १० हजार २६८ मतदाता थपिएका हुन् । खैरहनीमा २०७४ को स्थानिय निर्वाचनमा ३३ हजार २६३ मात्र मतदाता थिए ।

गत स्थानिय निर्वाचनमा भन्दा कालिका नगरपालिकामा अहिले ८ हजार १७० नयाँ मतदाता थपिएसँगै कुल संख्या ३१ हजार १५७ पुगेको छ । जसमध्ये १५ हजार ५९७ महिला र १५ हजार ५७० पुरुष रहेका छन् । अघिल्लो चुनावमा यो संख्या २२ हजार ९८७ थियो ।

राप्ती नगरपालिकामा २० हजार १५४ महिला र २० हजार ४९५ पुरुष गरि कुल मतदाता संख्या ४० हजार ६४९ रहेको छ । अघिल्लो स्थानिय निर्वाचनमा २९ हजार ९९८ जना मतदाता रहेकोमा अहिले १० हजार ६५१ थपिएका हुन् ।

 

माडी नगरपालिकामा गत स्थानिय निर्वाचनमा भन्दा अहिले ६ हजार ६४७ मतदाता थपिए । १४ हजार ५६२ महिला र १३ हजार ७५८ पुरुष गरि कुल मतदाताको संख्या २८ हजार ३२० पुगेको हो । यो संख्या अघिल्लो निर्वाचनमा २१ हजार ६७३ मात्र रहेको थियो ।

जिल्लाकै एकमात्र गाउँपालिका इच्छाकामानामा पनि ३ हजार ९८० जना नयाँ मतदाता थपिएको सुचना अधिकारी पुर्जाले जानकारी दिए।

उनका अनुसार गत स्थानिय निर्वाचनमा ११ हजार ६५४ रहेको मतदाताको संख्या बढेर अहिले १५ हजार ६३४ पुगेको हो ।

उक्त गाउँपालिकामा ७ हजार ३९२ महिला र ८ हजार २४२ पुरुष मतदाता रहेका छन् ।

चितवनमा ८४ हजार भन्दा बढी मतदाता संख्या थपिएपनि मतदान स्थल भने पुरानै अर्थात १६१ नै कायम गरिएको छ । तर मतदान केन्द्र भने ७५ वटा मात्र थप गरिएको सुचना अधिकारी पुर्जाले जानकारी दिए । उनका अनुसार अहिले मतदान केन्द्र ३७६ बाट थप गरेर ४५१ पुर्याइएको छ । आगामी वैशाख ८ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने पनि उनले बताए । अहिले निर्वाचन कार्यालय चितवन आन्तरिक गृहकार्यमा जुटेको छ । आउदो स्थानिय निर्वाचन कसरी हुन्छ निष्पक्ष र सहज तरिकाले सफल पार्न कार्यालय लागिपरेको पुर्जाले बताए । चितवनमा मुख्य निर्वाचन आयुक्त हेमन्त रावल रहेका छन् । उनी चितवन जिल्ला अदालतका न्यायधीश हुन् ।

  • प्रकाशित मिति : चैत १७, २०७८, बिहीवार १४:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८