• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

निर्वाचनबारे निर्णय लिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

  • खबरदाता

निर्वाचनबारे निर्णय लिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

 

चैत १७,२०७८

स्थानीय तहको निर्वाचनबारे निर्णय गर्न सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा स्थानीय तह निर्वाचनमा कुन तरिकाले गठबन्धनलाइ अगाडी लैजाने भन्ने बारेमा छलफल भैरहेको बताइएको छ ।

वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् ।

बैठकमा गठबन्धन सम्बद्ध दल बाहेकसँग चुनावी तालमेल गर्न नपाइने सैद्धान्तिक सहमति गर्ने बैठकमा सहभागी काँग्रेसका एक पदाधिकारीले बताए ।

  • प्रकाशित मिति : चैत १७, २०७८, बिहीवार १२:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८