चैत १७,२०७८
नवलपुर – नवपपुरको गैंडाकोटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
गैँडाकोट नगरपालिका वडा नं. ८ ग्लोबल बैंक नजिकै युपी ९३ बी टी ४७४५ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा साइकलमा सवार एक यात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी ५२ बर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट गम्भिर घाईते भएका पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।साईकल यात्रीलाई ठक्करदिने सवारी र चालकलाई ईलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८