• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

नेपाल पुलिस दमक गोल्डकपको फाइनलमा

  • खबरदाता

नेपाल पुलिस दमक गोल्डकपको फाइनलमा

चैत १६,२०७८

 

झापा – डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो।

खेलको ५९औँ मिनेटमा नीरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। उनको यही गोल निर्णायक बन्यो। निकै प्रतिस्पर्धात्मक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने प्रयास गर्‍यो। तर, सफल हुन सकेन। जितसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङमस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

बुधबारको खेलको म्यान अफ दि म्याच नीरकुमार राई भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित १० टोलीको सहभागिता थियो।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईंले जानकारी दिए। सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

  • प्रकाशित मिति : चैत १६, २०७८, बुधवार २०:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८