• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पाँच दलसँगै आए पनि एमालेसँग भिड्न गाह्रो हुन्छः अध्यक्ष ओली


पाँच दलसँगै आए पनि एमालेसँग भिड्न गाह्रो हुन्छः अध्यक्ष ओली

चैत १६,२०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसकिने सत्तारुढ दलको बुझाइ ठीक रहेको बताएका छन् ।

बुधबार भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन गरे पनि एमालेसँग भिड्न उनीहरूलाई सहज नहुने दाबी गरेका हुन् ।

‘पाँच दलीय गठबन्धन एक/एक किलाका ढक हुन् । एमाले क्विन्टलको ढक हो । एउटै तराजुमा ती दुवै ढक राख्दा के हुन्छ,’ उनले भने । सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन रहेको आरोप लगाउँदै ओलीले पाँच दलसँगै आए पनि एमालेसँग भिड्न गाह्रो हुने दाबी गरे ।

सत्ता गठबन्धनले कुरा नमिल्ने देखेरै निर्वाचन आयोगलाई भनेर मनोनयनको समय दुई दिन राखेको उनले बताए । ‘निर्वाचन आयोगले मनोनयनको दर्ता दुई दिन राखेको छ । गठबन्धनमा कुरा मिल्दैन भनेर दुई दिन राखिएको हो । नत्र मनोनयन पनि दुई दिन राखिन्छ र ?’ उनको प्रश्न थियो ।

 

  • प्रकाशित मिति : चैत १६, २०७८, बुधवार १५:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८