• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अघिल्लो सरकारले पहल नगर्दा कोरला त्रिवेणी सडकखण्डमा समस्या : मुख्यमन्त्री पोखरेल


अघिल्लो सरकारले पहल नगर्दा कोरला त्रिवेणी सडकखण्डमा समस्या : मुख्यमन्त्री पोखरेल

चैत १६,२०७८

चितवन – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अघिल्लो सरकारले काम नगर्दा अहिले समस्या भएको बतएका छन।
बुधबार भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुरानिगर्दै उनले सो कुरा बताएका हुन।

अघिल्लो सरकारका कारणले गर्दा प्रदेशकै लाइफलाइन मानिएको कोरला त्रिवेणी सडकखण्डको काम रोकिएको उनको भनाइ थियो । तर उक्त खण्डमा काम रोकिएको स्थानमा पनि चाँडैनै सुरु गर्ने पहल भइरहेको उनले बताए ।

निकुञ्जका कारण रोकिएको स्थानमा काम गर्न केन्द्रका मन्त्रालयसँग सहमति गरी काम अगाडि बढेको उनको भनाई छ । यसअघिको सरकारले चार वर्षसम्म पनि कुनै पहल नगर्दा त्रिवेणीका जनता अर्को प्रदेश भएर आफ्नो जिल्ला आउन वाध्यत भएको पोखरेलको भनाई थियो । तर गठवन्धन सरकार बनेपछि अहिले डेडगाउँ झ्यालवास सडक ठेक्कामा गइसकेको र रोकिएको स्थानमा पनि चाँडै काम सुरु हुनेगरी पहल भइरहेको बताए ।

नारायणीले बर्सेनि हुने कटान चितवन नवलपुरका लागि मुख्य समस्या भएको बताउँदै तटवन्धका लागि पर्याप्त साधन स्रोत अभाव रहेको उनको भनाइ थियो ।

उनले भने ,“प्रदेशको पहिलो प्राथमिकतामा छ तर साधन स्रोत नहुँदा केन्द्रकै भरमा छौँ । काम त भइरहेको छ तर जति हुनुपर्ने हो त्यो हुन सकेको छैन।”

नवलपुरका लागि अझ ठूलो समस्या रहेको तर ठूलो परियोजना समेत भएकाले तटवन्धका लागि केन्द्र सरकारकै भरमा बस्नुपरेको उनको भनाई थियो । अहिले डिपिआर नै बनाएर नारायणी तटबन्धका लागि केन्द्र सरकारले बजेट समेत दिएको बताउँदै प्रदेशबाट सक्ने बजेट निरन्तर पठाएर नारायणीबाट हुने क्षती रोक्न काम भइरहेको पोखरेलले बताए ।

 

  • प्रकाशित मिति : चैत १६, २०७८, बुधवार १४:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८