• जेठ ४, २०८१, शुक्रवार Friday, 17 May, 2024

धनगढीद्वारा चन्द्रपुर २-१ ले पराजित

  • खबरदाता

धनगढीद्वारा चन्द्रपुर २-१ ले पराजित

 

चैत १४,२०७८

चितवन – राष्ट्रिय महिला लिग फुटबलमा धनगढीले लगातार दोस्रो जित हात पारेको छ । सोमबारको पहिलो खेलमा धनगढीले चन्द्रपुरलाई २(१ ले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा धनगढीलाई जिताउन बिर्सना चौधरी र कप्तान चन्द्रा भण्डारीले समान एक(एक गोल गरे । चन्द्रपुरकी रजनी थोकरले एक गोल फर्काईन् ।

खेलको ४५ औं मिनेटमा रजनीले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाएकी थिईन् । डिबक्स बाहिरबाट उनले गरेको प्रहार घनगढीकी गोलकिपर कविता विकले पत्तै पाईनन् ।

तर चन्द्रपुरको अग्रता ३ मिनेट पनि टिकेन । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा धनगढीले पेनाल्टी पायो । डिबक्स भित्र चन्द्रपुरकी डिन्फेन्डरले ह्याण्ड गरेपछि प्राप्त अवसरलाई सदुपयोग गर्दै धनगढीकी बिर्सनाले बराबरी गोल फर्काईन् ।

लगत्तै दुई मिनेटपछि धनगढीले अग्रता लियो । क्याप्टेन चन्द्राले एकल प्रयासमा गोल गर्दै धनगढीलाई अग्रता दिलाईन् । दोस्रो हाफमा चन्द्रपुरले लगातार आक्रमक खेल प्रस्तुत गरे पनि फिनिसिङ कमजोर रह्यो । खेलमा थप गोल भएन र धनगढी २(१ ले विजयी भयो ।

खेलको प्लेयर अफ दि म्याच धनगढीकी कप्तान चन्द्रा घोषित भईन्। यो जितपछि दुई खेलमा शतप्रतिशत नतिजा निकालेको धनगढीले ६ अंक बनाएको छ । दुई खेलमा नै पराजित भएको चन्द्रपुर अंकबिहिन छ ।

  • प्रकाशित मिति : चैत १४, २०७८, सोमवार १६:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८